Rule 78
भर्ना सम्बन्धी व्यवस्था
(१) विद्यार्थीले विद्यालयमा भर्ना हुनको लागि देहाय बमोजिमको सक्कल प्रमाणपत्र पेश गर्नु पर्नेछः–
(क) कक्षा छ मा भर्ना हुनको लागि कक्षा पाँचको परीक्षा उत्तीर्ण भएको प्रमाणपत्र,
(ख)कक्षा नौमा भर्ना हुनको लागि निम्न माध्यमिक तहको अन्तिम परीक्षामा उत्तीर्ण गरेको प्रमाणपत्र,
(ग) अन्य कक्षामा भर्ना हुनको लागि विद्यालयले दिएको वार्षिक परीक्षाको लब्धाङ्क र स्थानान्तरण प्रमाणपत्र ।
(२) विद्यालयले शैक्षिक सत्रको बीचमा वा वार्षिक परीक्षा उत्तीर्ण नभएका विद्यार्थीलाई स्थानान्तरण प्रमाणपत्र लिई आए पनि अध्ययनरत कक्षाभन्दा माथिल्लो कक्षामा भर्ना गर्नु हु“दैन ।
(३) विद्यालयको एक तहमा भर्ना भएको विद्यार्थीले पुन सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्नु पर्दैन।
(४) विद्यार्थीले पहिलो पटक विद्यालयमा भर्ना हुन आउँदा साधारणतः आफ्नो अभिभावकलाई साथमा लिई आउनु पर्नेछ ।
(५) विद्यालयले विद्यार्थी भर्ना गर्दा निशुल्क शिक्षाको प्रयोजनको लागि अविभावकको नाम, ठेगाना, परिवारको नाममा रहेको अचल सम्पति र अनुमानित आम्दानी सम्बन्धी विवरण माग गरी राख्नु पर्नेछ ।
(६) पाँच वर्ष उमेर पूरा नभएकालाई एक कक्षामा भर्ना र जुन सालको परीक्षामा सम्मिलित हुने हो सोही सालको चैत्र मसान्तसम्ममा चौध वर्ष उमेर पूरा नभएकालाई माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा समावेश गरिने छैन ।